News

कलंकी-महाराजगञ्ज सडक विस्तार फागुनबाट

कलंकी-महाराजगञ्ज सडक विस्तार फागुनबाट

काठमाडौँ। चक्रपथ विस्तारको दोस्रो चरणको काम तीव्र रुपमा भइरहेको छ । मार्चको अन्तसम्म विस्तारको काम सुरु गर्नेगरि आन्तरिक तयारी गरिएको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ ।

दोस्रो चरणअन्तर्गत कलंकी–महाराजगञ्ज र कोटेश्वर–तिलगंगा सडकखण्ड विस्तार गर्न लागिएको हो । सडक खण्ड विस्तारका लागि सडकको सीमा क्षेत्र पूर्णरूपमा खाली अर्थात ‘साइट क्लियर’ गरेर विस्तारको काम सुरु गरिने महाशाखाको भनाइ छ । जसअन्तर्गत मार्चको अन्त्यसम्ममा बिजुली पोल, रुख र खानेपानी ढललगायतका अन्य अवरोध हटाएर सिमांकन गरिने जनाइएको छ ।

साइड क्लियरियन्स गरेरमात्र सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर काम थाल्ने योजना चिनियाँ पक्षको माग छ । कलंकी–महाराजगञ्ज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । तर डीपीआर निर्माणका लागि सीमा क्षेत्र ‘साइड क्लियर’ खाली हुनुपर्ने चिनियाँ पक्षको भनाइ छ ।

हाल विजुलीका पोल, ढल, रुख कटानलगायतको साइड क्लियरियन्सको काम तीव्र गतिमा भइरहेको महाशाखाको भनाइ छ ।

यो समाचार कारोबार दैनिकबाट लिइएको हो।  

कलंकी-महाराजगञ्ज सडक

विशेष