News

विद्युत खपत बढाउन विद्युतीय चुल्हो प्रवद्र्धन गर्दै सरकार

विद्युत खपत बढाउन विद्युतीय चुल्हो प्रवद्र्धन गर्दै सरकार

काठमाडौँ। वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले विद्युतीय चुल्हो प्रबर्धन अभियान अघि सारेको छ ।  आगामी वर्षा यामदेखि विद्युत् मागभन्दा बढी भएर खेर जाने अवस्था रहेको भन्दै चिन्ता प्रकट भइरहेका बेला केन्द्रले विद्युत् चुल्होको अभियान अघि सारेको हो । 

चालु आर्थिक वर्षभित्र थप १ हजार ५ मेगावाट उत्पादनसँगै विद्युत् खेर जान सक्ने विद्युत् प्राधिकरणको प्रक्षेपण छ भने विद्युत्को खपत बढाउन विद्युतीय चुल्हो प्रवद्र्धन तथा विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई प्राधिकरणले जोड दिँदै आएको छ ।

सुधारिएको चुल्हो निर्माणको अभियान नै सञ्चालन गरेको केन्द्रले विद्युतीय चुल्हो इन्डक्सनको समेत प्रवद्र्धनका लागि अभियान अघि बढाउन लागेको केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

विद्युतीय चुल्हो

विशेष