६३५ मेगावाटको दूधकोसी आयोजना निर्माण हुने
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन (डीपीआर)लाई अन्तिम रूप दिने तयारी गरिरहेको छ भने वित्तीय व्यवस्थापनका लागि पनि सक्रियता बढाएको आयोजनाले जनाएको छ ।
खोटाङ र ओखलढुङ्गाको सीमा क्षेत्र रभुँवाघाटदेखि डेढ किलोमिटर तल दूधकोसी नदीमा बाँध बाँधेर सुनकोसीमा पानी पुर्याउने र त्यहाँबाट छ सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । त्यस्तै बाँधस्थलनजिकै अर्को विद्युत्गृहबाट थप ३५ मेगावाट विद्युत् उत्पादन गर्न खोजिएको छ ।
यसअघि भूमिगत विद्युतगृह बनाएर ८३५ मेगावाट उत्पादन हुनसक्ने देखिएकामा आर्थिक तथा अन्य कारणले ६३५ मेगावाट नै बनाउने निष्कर्षमा प्राधिकरण पुगेको छ । ८३५ मेगावाटमा बनाउँदा वित्तीय प्रतिफल अनुपात ९.२ प्रतिशत र ६३५ मेगावाटमा बनाउँदा ९.६ प्रतिशत हुने अनुमान प्राधिकरणको छ ।
यो समाचार गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन ।
दूधकोसी आयोजना