News

२५ वर्षमुनिका किशोरकिशोरीलाई मदिरा बेच्न प्रतिबन्ध

२५ वर्षमुनिका किशोरकिशोरीलाई मदिरा बेच्न प्रतिबन्ध

जुम्ला । पातारासी गाउँपालिकाले २५ वर्षमुनिका किशोरकिशोरीलाई मदिरा बेचबिखन गर्न प्रतिबन्ध लगाएको छ । 

मदिरा सेवन तथा बिक्री–वितरणमा रोक लगाउन गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र किशोरकिशोरीलाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको छ । 

कुलतका कारण नयाँ पुस्ता गलत बाटोमा लागेका कारण मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

मदिरा बेचबिखन

विशेष