News

उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना

उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना

काठमाडौँ।  बुधबार बेलुकीदेखि देशभरको मौसम बदली भई उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पूर्वी इरान र अफगानस्तानमा बनेको पश्चिमी वायु  पूर्वतिर सर्ने क्रममा रहेको र बुधबार बेलुकासम्म नेपाल प्रवेश गर्ने भएकाले बुधबार बेलुकीदेखि नै यसको असर नेपालमा देखिने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

यो प्रणालीको असर बुधबार रातीदेखि नेपालको पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा र बिहीबार मध्य र पूर्वका उच्च पहाडी र हिमाली भेगमा देखिने माैसमविद श्रेष्ठले बताउनुभयाे ।

याे प्रणालीका कारण भारी हिमपात हुने र देशभरकै मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेको छ । भारी  हिमपात र बर्षका कारण देशभरी नै चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन पनि उहाँले सुझाव दिनुभएकाे छ ।  

 

मौसम बदली

विशेष