३८ यात्रु सवार वायुसेनाको मालबाहक बिमान बेपत्ता
एजेन्सी। दक्षिणी अमेरिकी देश चिलीको वायुसेनाको मालबाहक विमान मंगलबार बिहान बेपत्ता भएको छ।
अन्टाक्र्टिकातर्फ उडेको विमानमा ३८ जना सवार थिए । हर्कुलस सी१३० विमान चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा उडेको थियो ।
उडान भरेपछि करिब ६ बजे विमानसँग सम्पर्क विच्छेद भएको रोयटर्सले जनाएको छ । विमानमा कूल ३८ जना सवार रहेको जसमध्ये १७ जना चालक दलका सदस्य रहेको चिलीको वायुसेनाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
चिली वायुसेना