News

पूर्वप्रधानन्यायाधिश कार्कीको 'कारा' बजारमा

पूर्वप्रधानन्यायाधिश कार्कीको 'कारा' बजारमा

काठमाडौँ । नेपालकी पहिलो महिला प्रधानन्यायाधिश सुशिला कार्कीले साहित्यकारको रुपमा पनि आफ्नो परिचय बनाउन सफल छिन ।  सुशिलाद्वारा लिखित उपन्यास 'कारा' यहि सातादेखि बजारमा आएको छ ।  

कार्कीका अनुसार ‘कारा एउटा बन्धनको कथा हो। महिला कैदीले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरूलाई लगाउने गरेका अनेक बन्धनको कथा यसले बताउ“छ।’  निरंकुश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा बोल्ने यो उपन्यास जेलभित्रको बेग्लै निरंकुशताको कथा पनि हो।

बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाले भोगेको लामो ताडना र यातनाको गाथा हो, 'कारा'। ‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफैं जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथा सुनेँ, देखेँ। त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो’, कार्कीले बताइन्।

पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छँदा देखेभोगेका महिलाका पीडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएको पाइन्छ। अघिल्लो वर्ष प्रकाशित कार्कीको ‘न्याय’ नामको आत्मकथा धेरै पढिएका कृतिमध्येमा पर्छ। ‘कारा’ किताब पब्लिसर्सले प्रकाशन गरेको नया“ पुस्तक हो।

 

प्रधानन्यायाधिस सुशिला कार्की कारा

विशेष