News

असुरक्षित गर्भपतन गराउँदा महिलाको मृत्यु

असुरक्षित गर्भपतन गराउँदा महिलाको मृत्यु

राजविराजः असुरक्षित गर्भपतन गराउँदा सप्तरीमा एक महिलाको ज्यान गएको छ । गर्भपतनको औषधी सेवन गरी असुरक्षित गर्भपतन गराउँदा तिरहुत गाउँपालिका–५ लोहजराकी ३० वर्षीया अन्जुदेवी महतोको ज्यान गएको हो ।

गर्भपतनपछि अत्यधिक रक्तश्राव भइ अवस्था गम्भीर बनेपछि अन्जुलाई उनका श्रीमान महेन्द्र महतोले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरे । उनको उपचारकै क्रममा मृत्यु भयो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आर्थिक अवस्था अत्यन्त कमजोर रहेका महतो दम्पतिका एउटा अपाङ्गता भएका १२ वर्षीय छोरा तथा सात, पाँच र दुई वर्षका तीन छोरी छन् ।
 

राजविराज असुरक्षित गर्भपतन

विशेष