उपभोक्ताले गुनासोसमेत गर्न ठाउँ पाएनन् : ज्योति बानियाँ (भिडियोसहित)

उपभोक्ताले गुनासोसमेत गर्न ठाउँ पाएनन् : ज्योति बानियाँ (भिडियोसहित)

काठमाडौँ । अहिले बजारमा प्याजको भाउ छोइनसक्नु भएको छ । दशैँ अघि बढेको मासुको भाउ अझै घटेको छैन । के मासुको भाउ घट्छ त भन्ने नेपाल आजको प्रश्नमा बानेश्वरमा व्यापार गरिरहेका एक व्यवसायी भन्छन् –‘अब घट्दैन ।’  प्याज, मासु मात्र होइन, बिचौलियाका कारण सबैजसो तरकारी र सामानको बजार भाउ बढ्दो छ ।

एक सामान्य जागिरेले अब काठमाडौँमा गुजारा निर्वाह गर्न कठीन भैसकेको छ । यस्तो अवस्थामा उपभोक्ताले के गर्ने ? उपभोक्ताले कुनै व्यापारीले जे जति शुल्क लिएपनि चुपचाप तिर्नुपर्ने बाध्यता छ । हुन त उपभोक्ता ऐन हालै परिमार्जन गरि लागु गरिएको पनि छ ।

तर पनि बिचौलिया मोटाएका छन् उपभोक्ता दुब्लाएका । उपभोक्ता अधिकारका लागि संघर्षरत वरिष्ठ अधिवक्ता ज्योति बानियाँसँग हामीले यस्तै विषयमा कुराकानी गरेका छौँ । बानियाँका अनुसार उपभोक्ता अधिकारका लागि सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका नाममा मात्र ३५ करोड सकेको छ । तर उपलब्धि शुन्य बनेको छ ।

अर्कोतर्फ बिचौलियका कारण अर्थतन्त्र मात्र होइन समग्र क्षेत्र नै धराशायी बनेको छ । बानियाँ भन्छन् –‘ उपभोक्ताले गुनासोसमेत गर्न पाएनन् ।’ हेरौँ बानियाँसँगको कुराकानी जस्ताको तस्तै : 

संम्बधित खबर

विशेष