बेपत्ता बस्नेत अझै भेटिएनन् 

बेपत्ता बस्नेत अझै भेटिएनन् 

विगत १० महिनादेखि रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीबाट हराइरहेका युवा बाबुराम वस्नेतको अझै अत्तोपत्तो लागेको छैन । फागनु २६ गतेबाट सम्पर्कविहीन बस्नेतको खोजीका लागि परिवारले हारगुहार गरेको छ । 

वेपत्ता बस्नेतका आफन्त विदुर चौलागाईं भन्छन्– ‘कि हामीलाई लास चाहियो, कि सास चाहियो । भौंतारिंदा भौंतारिंदा अवस्था नाजुक भइसक्यो । प्रहरी पनि चासो देखाउँदैन । आफ्ना आफन्तदेखि लिएर सम्भावित सबै ठाउँमा खोजी सक्यौं । गाउँलेहरु कामका लागि जाने गरेका पश्चिम बंगालको सिक्किम, दार्जिलिङ, कालिम्पोङ, आसामतिर पनि बुझ्यौं । कसैले के भन्छन, कसैले के भन्छन् । पीडितलाई राहतको साटो आहत थपिँदो छ ।’ उनी भन्छन्– ‘प्रहरीले चासो लिएर खोजिदिए हुन्थ्यो ।’

गाउँमै ट्राउट माछापालन व्यवसाय गर्दै आएका बस्नेत अघिल्लो वर्षको फागुन महिनाबाट सम्पर्कविहीन बनेका हुन् । 

रामेछाप

संम्बधित खबर

विशेष