News

जुनारको रस सर्किएर ५० बर्षिय घिसिङको ज्यान गयो

जुनारको रस सर्किएर ५० बर्षिय घिसिङको ज्यान गयो

भोजपुर। जुनारको रस पिउने क्रममा सर्किएर एकजनाको ज्यान गएको छ । षडानन्द नगरपालिका १२ देउराली सुनखानीस्थित जुनारको रस सर्किदा स्थानीय ५० वर्षीय मानबहादुर घिसिङको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सोमबार स्थानीय तारा राईको बारीमा फलेको जुनार खाँदा रसले सर्किएर घिसिङको मृत्यु भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

मानबहादुर घिसिङ

विशेष