News

२ सय बढी म्यानपावर कम्पनीको काम कारवाही रोक्का(सूचीसहित)

२ सय बढी म्यानपावर कम्पनीको काम कारवाही रोक्का(सूचीसहित)

काठमाडौं । वैदेशिक रोजगार विभागले २ सय बढी म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरेको छ । विभागले विदेशमा अलपत्र परेका श्रमिक समयमा उद्धार नगर्ने, विदेशी कामदार पठाउँदा धेरै पैसा असुली गर्ने र वैदेशिक रोजगार ऐनअनुसार कागतजागत पेश नगर्ने म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरी कारवाहीको प्रक्रिया अघि बढाएको हो ।

विभागका अनुसार २ सय ८ वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरिएकाे हाे।कालोसूचीमा राखी काम रोक्का गरिएका म्यानपावर कम्पनीले ऐनअनुसार सबै प्रक्रिया पूरा गरे उनीहरुको रोक्का फुकुवा गर्ने विभागले जनाएको छ ।

म्यानपावरले आर्थिक ठगी, विदेशमा अलपत्र पारेको, एउटा काम भनेर अर्को काम पठाएको, नक्कली डिमाण्डमा झुक्याएर विदेश पठाएको, सरकारले तोकेभन्दा तीन गुणा बढी रकम कामदारसँग लिएको, समस्यामा परेका कामदारको उद्धार गर्ने चासो नदिएको र म्यानपावरका शाखा कार्यालयबाट एजेन्टले ठगी गरेको भन्दै पीडित विभागमा धाउने गरेका छन् ।

यसरी श्रमिकलाई दुःख दिने म्यानवारलाई कालोसूचिमा राखेर कानूनी कारवाही गर्ने गरेको विभागले जनाएको छ । कामकारवाही रोक्का गरिएका म्यानपावरले रोक्का फुकुवा नगरेसम्म कुनै पनि वैदेशिक रोजगारीको क्षेत्रका काम गर्ने नपाउने ऐनमा व्यवस्था छ । यसरी कालोसूचिमा परेका मध्ये करिब ५० भन्दा धेरै म्यानपावर कम्पनी खारेज हुनसक्ने विभागले जनाएको छ ।

 

विशेष