२६ लाख भारु बरामद, तीन जना पक्राउ
धनगढी– चोरी गरिएको २६ लाख भारतीय रुपैयाँ (भारु)सहित ३ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–८ का एकेन्द्र भण्डारी, कैलालीकै बर्दगोरिया गाउँपालिका–४ की शर्मिला खड्का र बसन्ती पोखरेल रहेका छन् । कैलाली प्रहरीले गाेप्य सूचनामा आधारमा उनीहरुलाई पक्राउ गरेकाे हाे।
प्रहरीका अनुसार केही महिना अगाडि उनीहरुले भारतको बैङ्गोलरमा लुटपाट गरेका थिए ।भारतबाट लुटपाट गरेका भागेका उनीहरु गत कात्तिकमा नेपाल पुगेका थिए ।
प्रहरीका अनुसार भण्डारी, खड्का र पोखरेलसहितको समूहले झण्डै २ करोड भारु लुटपाट गरेको थियो । उक्त समूहका रोशन सुनार र १ जना भारतीय नागरिक फक्राउ परिसकेका छन् । अझै ४ जना फरार रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।