बलात्कारबाट बोल्न नसक्ने महिलाको पेटमा ७ महिनाको गर्भ

बलात्कारबाट बोल्न नसक्ने महिलाको पेटमा ७ महिनाको गर्भ

तुलसीपुर।  बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो ।

आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत शुक्रबार जाहेरीसमेत दिएका छन् । २६ वर्षकी ती महिला बोल्न नसक्ने भएकाले कसले बलात्कार गरेको हो भन्ने कुराको पत्ता लाग्न नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख चक्रडम्बर पालले जानकारी दिए ।

‘करणी गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न पीडित पक्षले जाहेरी दिएका छन्,’ निमित्त प्रहरी प्रमुख पालले भने, ‘पछि पहिचान भएमा किटानी जाहेरी दिनेगरी निवेदन परेको छ ।’ पीडितको स्वास्थ्य परीक्षण गरेको बताउँदै पालले प्रहरीले अनुसन्धान अघि बढाएको बताए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।   

बलात्कृत महिला

संम्बधित खबर

विशेष