गैरपर्यटक भिसाबिना काममा रोक, ३ महिनामा ६० विदेशी कारबाहीमा
काठमाडौँ। कुनै आयोजना तथा गैरसरकारी संघसंस्थामा काम गर्न आउने विदेशी नागरिकलाई नि:शुल्क (ग्राटिस) भिसा सिफारिस गर्नुअघि सरकारी निकायहरूले गृह मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।
नि:शुल्क भिसा पाउनेबाहेकका विदेशीलाई पनि विभिन्न मन्त्रालय तथा विभागले सिफारिस गर्न थालेपछि गृहले आफ्नो राय र पूर्वस्वीकृतिबिना सिफारिस नपठाउन परिपत्र गरेको हो । कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघ, दौत्य सम्बन्ध भएका मुलुकका विशिष्ट व्यक्ति, बाबु वा आमा नेपाली भएका व्यक्तिसहित विभिन्न नौ प्रकारका पृष्ठभूमि भएका व्यक्तिलाई मात्र नि:शुल्क भिसा जारी हुँदै आएको छ ।
गृहले त्यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएको छ । पर्यटक भिसामा आएर विदेशीले गैरपर्यटक भिसा नलिई विभिन्न क्षेत्रमा काम गर्ने गरेको पाइएपछि गृहले मंसिर १३ मा ‘गृहमन्त्रीस्तरीय निर्णय’ बाट नि:शुल्क भिसासम्बन्धी नयाँ प्रावधान ल्याएको हो ।
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
गैरपर्यटक