२८ वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३० प्रतिशतले वृद्धि
काठमाडौँ। पछिल्लो २८ वर्षमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३०.५ प्रतिशतले बढेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले मंगलबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
प्रतिवेदन अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा सन् १९९० देखि २०१८ बीचमा नेपालको प्रतिव्यक्ति कुल आय १३०.५ प्रतिशत वृद्धि भएको उल्लेख छ । नेपालको मानव विकास सूचकांक मूल्य र श्रेणी मानव विकास सूचकांक मूल्य सन् २०१८ का लागि ०.५७९ छ । यसले देशलाई मध्यम मानव विकास सूचकांक श्रेणीमा राखिदिएको छ, जसमा १८९ देश र क्षेत्रमध्ये नेपाल १४७ औं स्थानमा छ । नेपालको हैसियत अफ्रिकी मुलुक केन्या बराबर छ ।
सन् १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सूचकांक मूल्य ०.३८० देखि ०.५७९ वृद्धि भएको थियो । युएनडिपीका अनुसार जुन समान ०.५२ प्रतिशतले वृद्धि भएको देखिन्छ । सन् १९९० देखि २०१८ सम्ममा नेपालमा जन्मदरको औसत आयु १६.१, विद्यायल शिक्षाको मध्यम वर्ष २.८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय