News

माइतीघरदेखि तीनकुनेसम्मको सडकखण्डमा साइकल लेन

माइतीघरदेखि तीनकुनेसम्मको सडकखण्डमा साइकल लेन

काठमाडौँ। काठमाण्डौ महानगरपालिका (कामपा) ले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे दुई किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । 

कामपाले मंगलबार आयोजना गरेको पूर्वाधार विकास र लेन सञ्चालनका लागि गुरुयोजनाका विषयमा छलफलका क्रममा यस किसिमको धारणा सार्वजनिक गरेको हो ।  

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले चाँडो गन्तव्यमा पुग्नुपर्ने शहरी चरित्र र बिस्तारै गन्तव्य तय गर्न सकिने साइकल यात्रा दुवैको चरित्र मिसाएर योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै शहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल आवश्यक रहेको बताउनु भयो । 

साइकल लेन

विशेष