News

लोकसेवा आयोगले गर्यो १ हजार १६ नयाँ अधिकृतका लागि बिज्ञापन आह्वान

लोकसेवा आयोगले गर्यो १ हजार १६ नयाँ अधिकृतका लागि बिज्ञापन आह्वान

काठमाडौँ। लोकसेवा आयोगले नयाँ अधिकृतहरुको लागि विज्ञापन आह्वान गरेको छ।

आयोगले वुधबार प्रशासन, राजश्व, लेखा, परराष्ट्र, न्याय, संसदका लागि कूल १ हजार ९६ पदको लागि विज्ञापन गरेको हो।

आन्तरिक बढुवातर्फ ३ सय २८, खुला तर्फ ४ सय १९ र समावेशीतर्फ ३ सय ४९ छुट्याइएको छ।

प्रशासन सेवामा ५ सय ६०, प्रशासन राजस्वमा ६९, प्रशासन लेखामा ३०, परराष्ट्रमा ४, न्यायमा २९०, कानूनमा ४९, सरकारी वकिलमा २४ र संसद सेवामा २८ जना माग गरिएको छ।

आन्तरिक बढुवाका लागि पुस २९ गतेसम्म निवेदन दिन सकिने लोकसेवाले जनाएको छ। खुल्ला तथा समावेसी पदमा पुस १५ गतेसम्म फर्म भर्न सकिने छ भने डवल दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति पुस २२ सम्म तोकिएको छ।

बिस्तृत जानकारीका लागि आजको गोरखापत्र दैनिक हेर्न नभुल्नुहोला 

 

 

 

लोकसेवा आयोग अधिकृत बिज्ञापन

विशेष