जंगली हात्तिको आक्रमणबाट २ जनाको मृत्यु, ४ घाइते
कञ्चनपुर। कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्।
बुधबार बिहान महाकाली नगरपालिका २ मा रहेको मायापुरी सामुदायिक वनमा घासदाउरा गर्न गएको बेला हात्तीले उनीहरुमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
हात्तिको आक्रमणबाट ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भुरी बोहराको मृत्यु भएको छ ।
घाइेत स्थानीय सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँदलाई उपचारका लागि भारत लगिएको छ ।
उनीहरुमाथि दुईओटा हात्तीको समूहले आक्रमण गरेको बताइएको छ ।
जंगली हात्तिको आक्रमण