News अर्थ

सात वर्षदेखि ईयूको कालोसूचीमा नेपाली हवाई सेवा, यसवर्ष पनि उम्किन असफल

सात वर्षदेखि ईयूको कालोसूचीमा नेपाली हवाई सेवा, यसवर्ष पनि उम्किन असफल

काठमाडौं । नेपाल यूरोपेली यूनियन(इयू)को कालो सूचीमा सात वर्षदेखि रहेको नेपाली हवाई सेवा यस वर्ष पनि उम्किन सफल भएका छैनन्। इयूको कालोसूचिबाट बाहिर निस्किन फेरि पनि असफल भएपछि हवाई सेवा प्रदान गर्ने एयरल्याइन्सको आलोचना भइरहेको छ। यूरोपेली यूनियनले यसै साता संसारभरका वायुसेवा कम्पनीका सम्बन्धमा अपडेट गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको हो ।

यसले गर्दा नेपालभित्र दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनी अझै कम्तीमा ६ महिना युरोपको आकाशमा उड्न नपाउने भएका छन् । स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल चाँडै सुचीबाट निस्किने दावी गरेका थिए । नेपाल सन् २०१३ देखि ईयूको कालोसूचीमा छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण यस पटक नेपाल ईयूको सुरक्षा सूचीबाट पनि हट्ने अपेक्षा सरकारको थियो । तर, ईयूले यस पटक पनि नेपाललाई निराश बनाएको छ । इयूले हरेक ६र६ महिनामा यस्तो सूची अपडेट गर्छ ।

ईले १५ देशका ११५ वायुसेवालाई प्रतिवन्धको सूचीमा राखेको छ । सूचीमा नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर, यति एयर, श्री एयरलाइन्ससहित सबै वायुसेवा कम्पनीलाई प्रतिबन्धको सूचीमा राखिएको छ ।

नेपालबाहेक अफगानिस्तान, अंगोला, कंगो, लिबिया, सुडान, नाइजेरियालगायत मुलुकका वायुसेवा यस सूचिमा छन् । सूचिमा अधिकांश द्वन्द्वग्रस्त मुलुकका वायुसेवा समावेश छन् । तर, नेपाल भने शान्तिपूर्ण वातावरणमा पनि कालोसूचिबाट उम्कन असफल भएको छ ।

 

विशेष