२ सय ५० भन्दा बढी पत्रकार जेलमा
एजेन्सी – सन् २०१९ मा विश्वभर कम्तिमा २ सय ५० पत्रकार जेलमा थुनिएको एक रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकास्थित ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ले सार्वजनिक गरेको रिपोर्टले यस्तो तथ्य देखाएको हो ।
प्रतिवेदनअनुसार आफ्नो पेशागत गतिविधिकै कारण २ सय ५५ जना पत्रकारहरुलाई बन्दी बनाइएको छ । पत्रकारको स्वतन्त्रताको सवालमा चीन, टर्की, साउदी अरेबिया र इजिप्ट सबैभन्दा अनुदार रहेको प्रतिवेदनमा जनाइएको छ । अमेरिकामा समेत तीन पत्रकार जेलमा रहेका छन् ।
अधिकांश पत्रकारहरुलाई राज्य विरोधी गतिविधि गरेको र गलत समाचार लेखेको अभियोग लगाइएको छ । गत वर्ष मात्र विश्वभर २८ पत्रकार गलत समाचार लेखेको आरोपमा पक्राउ परेका छन् ।
यो वर्ष चीनमा ४८, टर्कीमा ४७, साउदी अरेबियामा २६ र इजिप्टमा २६ पत्रकार जेलमा रहेका छन् ।