News

लोडर दुर्घटनामा एकको मृत्युु, ३ जना गम्भीर घाइते

लोडर दुर्घटनामा एकको मृत्युु, ३ जना गम्भीर घाइते

चरिकोटः दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित तिखातलमा ब्याकहो लोडर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । 

सदरमुकाम चरिकोटबाट दोलखा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको जेसिभि कम्पनीको ब्याकहो लोडर राति ८ बजे दुर्घटना हुँदा दोलखा बिगु गाउँपालिका–८ खोपाचाँकुका अन्दाजी २३ वर्षीय राजु थामीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा चालक कालिन्चोक गाउँपालिका–४ चिउरीखर्कका २२ वर्षीय राजकुमर थामी, बिगु गाउँपालिका–७ अम्बा टोलका २७ वर्षीय बिजय श्रेष्ठ र भीमेश्वर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी रहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए । 

दोलखा–चरिकोट सडक खण्ड अन्तर्गत तिखातल भन्ने स्थानमा ब्याकहो लोडल अनियन्त्रित भई दुर्घटना भएको सूचना आएपछि जिल्ला प्रहरी कार्यलय चरिकोटबाट घटना स्थल पुगेका प्रहरीले घाइतेहरूको उद्धार गरि राति नै चरिकोट स्थित प्राथमिक स्वस्थ्य केन्द्रमा पुर्‍याएका थिए ।

गम्भीर घाइते भएका राजु थामीको भने उपचारको क्रममा राति ९ बजेको समयमा मुत्यु भएको थियो । उनको शवलाई हाल प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी घाइतेहरु तिनै जनालाई थप उपचारकालागि काठमाडौँ पठाइएको प्राथमिक स्वस्थ्य केन्द्र चरिकोटले बतायो ।

दोलखा लोडर दुर्घटना

विशेष