News

टिपरलाई ‘टाइमकार्ड’ लगाइँदै

टिपरलाई ‘टाइमकार्ड’ लगाइँदै

नवलपरासीः पश्चिम नवलपरासीमा सडक दुर्घटना न्यूनिकरण गर्न निर्माण सामग्री बोक्ने टिपरलाई टाईमकार्ड लागू गर्न लागिएको छ । तीब्र गतिमा गुड्ने टिपरका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले टाईमकार्डको ब्यबस्था गर्न लागेको हो । अबदेखि पश्चिम नवलपरासीमा मालबाहक सवारी साधनहरुले यात्रुहरु चढाउन पाउनेछैन् ।

जिल्लामा सडक दुर्घटना न्यूनिकरण निम्ति कार्ययोजना तयार पार्न कार्यदल नै गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत ज्योतीराज अर्यालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक, यातायात ब्यबसायीका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक, र बर्दघाट नगरपालिकाका एक जना प्रतिनिधि रहेका छन् । कार्यदलले आगामी बैठकमा सडक दुर्घटना न्यूनिकरण गर्नका लागि तयार पारिएको कार्ययोजना पेश गर्नेछ ।

जिल्लाका पूर्व पश्चिम राजमार्ग र भित्री सडकखण्डमा गुड्ने सवारीसाधनको चेकजाँचलाई नियमित गर्न जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयले ब्यबस्था मिलाउने छन् । यात्रुबाहक सवारी साधनहरुले आफ्नो क्षमता भन्दा बढी यात्रु बोक्ने कार्य बढेकोले त्यसमा पनि निगरानी बढाईने र क्षमता भन्दा बढी यात्रु चढाउन रोक लगाउने बताईएको छ ।  

टाइमकार्ड टिपर पश्चिम नवलपरासी सडक दुर्घटना

विशेष