पुलिस सिध्याउन पुलिस नै हतियार

पुलिस सिध्याउन पुलिस नै हतियार

पुलिसमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आईजीपी हट्दै छन’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वार्टरभित्रैबाट ठूल्ठूला अफिसर सक्रिय भएको भनी आईजीपी सर्वेन्द्र खनालले केही दिनअघि पिसिसी बैठकमै भने– ‘को को लाग्या छन् , सबै थाहा छ ।’ अब बजारमा पुलिसबारे आउन लागेको नयाँ फण्डा हो– ‘गुण्डा नाइके कुमार श्रेष्ठ (घैंटे) दोहोरो भिडन्तमा मारिएको नभएर प्रहरीको बल प्रयोगबाट मारिएको भनी राष्ट्रिय मानवअधिकार आयोगको ठहर ।’ घैंटे मारिनुअघि मारिउका अर्का गुण्डा नाइके दिनेश अधिकारी (चरी) बारेको कुरालाई ओझेलमा पार्दै घैंटे प्रकरण उछाल्ने तयारी हुनुका पछाडिको कारण हो– ‘आईजीपी विरुद्ध शक्तिकेन्द्रमा प्रभाव पार्नु ।’ 

स्मरणीय छ, घैंटे मारिदा अहिलेका आईजी अपराध महाशाखा प्रमुख थिए । यसअघि सर्लाहीमा मारिएका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेलको मुठभेडमा नभई प्रहरीको बल प्रयोगबाट मृत्यु भएको ठहरसहित मानवअधिकार आयोगको रिपोर्टअनुसार आईजीपी हट्ने हल्ला चल्यो । तर, उनी हटेनन । अख्तियारमा खरिद प्रकरणको उजुरी पर्यो, आईजीपी अब हट्छ भन्ने हल्ला आयो । 

सामान्यतया मानवअधिकार आयोगले कुनै संवेदनशील विषयको अध्ययन गरेपछि त्यस्तो प्रतिवेदन राज्यका निश्चित निकायका पनि प्रमुख व्यक्तिलाई मात्र दिइन्छ, सार्वजनिक गरिदैन । तर, कुमार पौडेल घट्नाको छानविन प्रतिवेदन हतार हतारमा बाहिर ल्याइँदा न त्यो प्रतिवेदन कार्यान्वयन हुनसक्यो, न त्यो प्रतिवदेन बाहिर ल्याइनुको अर्को मक्सद नै पूरा भयो । प्रतिवेदन तयार पार्ने क्रममा न घटनास्थलको जानकारी लिन प्रहरीले उठाएको मुचुल्का अध्ययन भएको छ, न त अनुसन्धान अधिकारीसंगै सोधपुछ गरिएको छ । 

घटनास्थल अनुसन्धान विशेषज्ञविना हत्याका कसुरमाथिको छानबिन पूरा भएको मानिदैन । कुमार पौडेल मारिँदा हातको हड्डी भाँचिएको कुरा उल्लेख गर्दै गोली हानेर हैन, यातनाले मृत्यु भएको भनिएको छ । तर, दोहोरो भिडन्तमा खुट्टामा हानिएको गोली टाउकोमा, टाउको हानिएको गोली अन्यत्र लाग्न सक्ने हुन्छ । प्रतिवेदनमा कुन हतियार प्रयोग भएको, कति एमएमको गोली लागेको जस्ता विषय छैनन् । राजनीतिक प्रतिवेदनको शैलीमा ‘बल प्रयोग’को कुरा उल्लेख छ । प्रतिवेदनमा हात खडा गर्न लगाइयो र गोली हानियो मात्रै भनिएको छ । तर, त्यही प्रतिवेदनमा लेखेअनुसार कुमार पौडेलको हात कसरी भाँचियो भन्ने बारे त्यसमा केही उल्लेख छैन । 

हतियारको रेञ्जअनुसार शरीरको कुनै भागमा कति क्षति पुर्याउने, कति शक्तिशाली रुपमा गोली शरीरमा छिरेको छ भन्ने कुराको अध्ययन विशेषज्ञविना सम्भव हुँदैन । त्यसमाथि कञ्चट र छातीबाहेकका ठाउामा गोली लागेको मान्छे गोली लाग्नेवित्तिक्कै मर्दैन । त्यस्ता मान्छेलाई मर्न कम्तिमा १०, १५ मिनेट लाग्छ । यसक्रममा उसले बाँच्ने आसमा गर्ने संघर्षका क्रममा कहाँ कहाँ कति चोट पुग्छ ? यसको ठेगान हुँदैन । ड्यूटीमा बस्ने प्रहरी र घटनास्थल अनुसन्धानमा विशेषज्ञता हासिल गरेका प्रहरी फरक हुन्छन् । मानवअधिकार आयोगले त्यस्ता विशेषज्ञविनै घटनाको निष्कर्ष निकालेको छ । 

अहिलेका आईजी अपराध महाशाखामा हुँदा सनसनी मच्चियो, अनामनगरस्थित सुदीप पाठकको मानवअधिकार संगठनको कार्यालयमा घैंटेको आतंक चल्यो भनेर । प्रहरी पुग्दा घैंटे भागिसकेका थिए । त्यसको केही दिनपछि बागबजारस्थित एक होटेलमा त्यसको राष्ट्रिय सम्मेलन हुँदा घैंटेलाई प्रयोग गरेर सुदीपले मानवअधिकार संगठन कब्जा गर्न खोजेका थिए । तर प्रहरीले समयमै सूचना पाएर पहिल्यै होटलमा प्रहरी पुग्दा घैंटे पुग्न सकेनन । र, संगठनको नेतृत्वमा सुदीप हावी हुन पाएनन् । सुदीप घैंटे अध्यक्ष रहेको सामाखुशी युथ क्लवका संरक्षक थिए । जनआस्था साप्ताहिकले खबर छापेको छ ।
 

पुलिस आईजीपी

संम्बधित खबर

विशेष