विदेश

पाकिस्तानमा वकिलद्वारा अस्पतालमा तोडफोड, ३ जनाको मृत्यु

पाकिस्तानमा वकिलद्वारा अस्पतालमा तोडफोड, ३ जनाको मृत्यु

लाहोरः पाकिस्तानको लाहोरमा वकिलको एक समूहले अस्पतालमा तोडफोड गरेको छ । बीबीसीका अनुसार यस हमलामा केही विरामीको समेत मृत्यु भएको छ ।

लाहोरको पंजाब इंस्टीट्यूट अफ कार्डियोलोजीका एक डाक्टरले एक वकिललाई आक्रमण गरेको भन्दै त्यसको वदला लिन वकिलको समूहले अस्पतालमा तोडफोड गरेको हो ।

पंजावका स्वास्थ्यमन्त्री राशिदले हमलामा तीन जनाको मृत्यु भएको ‘डन’ पत्रिकालाई बताएका छन् । हमलामा संलग्न ४० वकिललाई प्रहरीले पक्राउ गरेको छ । वकिलको समूहले सवारी साधनमा समेत आगजनी गरेको छ ।

पाकिस्तान तोडफोड वकिल

विशेष