हुम्लाको नाम्खामा टिपर दुर्घटना, २ जनाको मृत्यु

हुम्लाः हुम्लाको नाम्खामा टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हिल्साबाट इन्धन र दैनिक उपभोग्य सामान लिएर तुमकोटतर्फ आउँदै गरेको बा ५ ख ५३४४ नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।
नाम्खा गाउँपालिका–५ पानीपाल्बाङमा भएको दुर्घटनामा अरु दुई जना घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेको छ र उद्धार प्रयास भइरहेको छ । तर बिहानैदेखि हिउँ परेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन सकेको छैन । (फाइल फोटो)
हुम्ला टिप्पर दुर्घटना