News

अवैध पेट्रोल पप्पमा शिलबन्दी

अवैध पेट्रोल पप्पमा शिलबन्दी

रुकुम – रुकुमको सबैभन्दा पुरानो पेट्रोल पम्पमा जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरेको छ । मुसीकोट नगरपालिका–५ चाँपामा सञ्चालन हुँदै आएको एभरेष्ट इन्टर प्राइजेज पेट्रोल पप्प अवैधानिक रहेको भन्दै प्रशासनले तालाबन्दी गरेको हो । 

करिब १५ वर्षदेखि सञ्चालन हुँदै आएको भए पनि उक्त पेट्रोल पप्प सार्वजनिक जग्गामा रहेकाले शिलबन्दी गरिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए । 

‘सार्वजनिक जग्गामा पेट्रोल पप्प सञ्चालन हुँदै आएको रहेछ, यो लामो समयदेखिको विवाद रहेछ', उनले भने, ‘स्थलगत अनुगमण र आवश्यक कागजपत्रहरु अध्ययन गर्दा सार्वजनिक जग्गामा सञ्चालन भएको देखिएपछि शिलबन्दी गरेका छौं ।'

१५ दिनभित्र उक्त ठाउँबाट पेट्रोल पप्प हटाउन समेत प्रशासनले निर्देशन दिएको छ । उक्त पेट्रोल पप्प सार्वजनिक जग्गामा रहेको भन्दै जिल्ला प्रशासनमा पटक-पटक यहाँका स्थानीयले निवेदनसमेत दिएका थिए । तर प्रशासनले कुनै वास्ता गरेको थिएन । सार्वजनिक सम्पत्ति कुनै पनि व्यक्तिले प्रयोग गर्न नपाउने भएकाले हटाएको प्रजिअ पौड्यालको भनाइ छ । 

विशेष