News

साँस्कृतिक सम्पदा पुनर्निर्माणको लागि भारतीय दूतावासले गर्‍यो सम्झौता

साँस्कृतिक सम्पदा पुनर्निर्माणको लागि भारतीय दूतावासले गर्‍यो सम्झौता

काठमाडौं-। नेपालमा भूकम्पबाट प्रभावित ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ ।  भारतीय राजदूतावासले इन्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँगको सहकार्यमा उक्त सेवा दिने भएको हो । सो सम्बन्धि सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा भारत सरकारको तर्फबाट काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजयकुमार तथा हेरिटेजका सदस्य सचिव डा. सि. टी मिश्राले हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले काठमाडौं, ललितपुर भक्तपुर र सोलुखुम्बुमा रहेका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको बताए ।

सो अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारीहरुको उपस्थिती रहेकाे थियो।साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुरुप साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणका लागि हेरिटेजले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर काम गर्नेछ ।

विशेष