बंगलादेशको विश्वविद्यालयको ठगी धन्दा, कालोसूचीमा परे पनि झुक्याएर विद्यार्थी बटुल्दै
काठमाडौँ। कालोसूचीमा परेको बंगलादेशस्थित एक विश्वविद्यालयले नेपाली बजारमा चिकित्सा शिक्षा पढ्न योग्य विद्यार्थी तान्ने होडबाजी थालेको पाइएको छ ।
बंगलादेशस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (यूएसटीसी)ले चिकित्सा शिक्षा अध्ययनका लागि आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ । विश्वविद्यालय कालोसूचीमा परेको नेपाल मेडिकल काउन्सिलले पुष्टि गरेको छ । नेपाल मेडिकल काउन्सिलले बंगलादेशस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (यूएसटीसी)मा विद्यार्थीलाई अध्ययनका लागि अनुमति नदिएको बताएको छ ।
काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले सो विश्वविद्यालयमाथि अझै अध्ययन जारी रहेको बताए । उनले भने, ‘बंगलादेशस्थित नेपाली दूतावासले अनुमति प्रदान गर्न भनेको थियो । तर, औपचारिक निर्णय अझै भएको छैन । क्वालिटीका हिसाबले ठीक छ या छैन भनेर काउन्सिलका तर्फबाट औपचारिक निर्णय भएको छैन ।’
यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन।
बंगलादेशको विश्वविद्यालय