नेपालमा रोहिंग्या शरणार्थीको भीड, ५० परिवारले बनाए २३ टहरा
काभ्रेपलाञ्चोक। म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका छन्। स्थानीय सरकारलाई काम गर्ने मजदुरका रूपमा जानकारी दिएर धमाधम टहरा निर्माण गरिएको हो। उनीहरू त्यसअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए।
‘कुशादेवीकै ठेकेदार रामेश्वर थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबास मिलाएका हुन्’, रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले भने– ‘काठमाडौंको बूढानीलकण्ठको कपनस्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका हौं।’
सन् २०१८ पछि नेपालमा थप रोहिंग्या नआएका दाबी गर्दै उनले काठमाडौंमा भएका दुई समूहमध्ये आफ्नो समूह काम खोज्ने सिलसिलामा कुशादेवी आइपुगेको बताए।
‘कहींबाट सहयोग छैन, आफ्नै देशबाट निकाला भएका छौं, पेट पाल्नकै लागि यहाँ आएर टहरा बनायौं’, ऐसुपले थपे– ‘२०१३ देखि नेपाल आएर अधिकारका लागि लडिरहेका छौं।
यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन।
रोहिंग्या शरणार्थी