News

पश्चिमी वायुको प्रभावले आज देशभर बर्षा र भारी हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशभर बर्षा र भारी हिमपातको सम्भावना

काठमाडौँ। पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण आज देशभरी सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् । साथै देशका पश्चिमी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।  

राती देश भर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ।  पश्चिमि उच्च पहाडी सहित हिमाली भू–भागहरुमा भारि हिमपात र मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखा

विशेष