पप्पुले अलपत्र छोडेको पुलको ठेक्का रद्द: कालोसूचीमा राख्न सिफारिस
बुटवल। निर्माण कम्पनी पप्पु/बाम्ती जेभीले तीन वर्षदेखि अलपत्र छोडेका रुपन्देहीका दुईवटा पुलको ठेक्का सम्झौता रद्द भएको छ। पर्यटकीय रूपमा रहेको भैरहवा–लुम्बिनी सडकमा पर्ने तिनाउ र डण्डा नदीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको हो।
हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले बुधबारदेखि ठेक्का सम्झौता रद्द भएको जनाएको छ। दुई वर्षमा सक्ने भनिएको पुल पाँच वर्षसम्म अलपत्र छोडेपछि पप्पु÷बाम्ती जेभीसँगको ठेक्का सम्झौता रद्द गरिएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले जनाएको छ।
बुधबार ती दुईवटा पुलको ठेक्का सम्झौता रद्द गरेको सूचना प्रकाशित गरेको योजना कार्यालयले एक साताभित्र निर्माणस्थल खाली गर्न निर्माण कम्पनीलाई आदेश पनि दिएको छ।
यो समाचार आजको नागरिक दैनिकमा रेखा भुषालले लेखेकी छिन।
पप्पु निर्माण कम्पनी