News

काठमाडौँमै उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नतामा सार्वजनिक जग्गा अतिक्रमण

काठमाडौँमै उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नतामा सार्वजनिक जग्गा अतिक्रमण

काठमाडौँ। उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिध र उच्चपदस्थले ने सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको छ ।

प्रशासनले काठमाडौंमा अतिक्रमणमा परेका सार्वजनिक जग्गा हटाउने कार्ययोजना बनाउँदै गर्दा उजुरी पर्ने क्रम अत्यधिक बढेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

उजुरीसँगै काठमाडौं प्रशासनले छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालयले अतिक्रमणमा संलग्नको नामावली नै सार्वजनिक गरी अतिक्रमण हटाउने तयारी थालेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् 

जग्गा अतिक्रमण

विशेष