चितवनमा सहचालकले चलाएको बस पल्टियो, १७ जना घाइते

चितवनमा सहचालकले चलाएको बस पल्टियो, १७ जना घाइते

चितवनः जिल्लाको रत्ननगर नगरपालिका–२ टाँडीस्थित राजमार्गमा बस पल्टिँदा १७ जना घाइते भएका छन् । बाराबाट काठमाडौंतर्फ गइरहेको ना ७ ख ४७५५ नम्बरको बस बिहीबार राति दुर्घटना भएको हो । 

४२ जना यात्रु रहेको बस सहचालक २६ वर्षीय क्षितिज तामाङले चलाएको प्रहरीले बताएको छ । सहचालक तामाङ फरार रहेका छन् ।

दुर्घटनामा घाइतेमध्ये बाराको कलैया–२ का ३५ वर्षीय गौरीशंकर यादव, २१ का २४ वर्षीय रामबाबु यादव, गढीमाइ नगरपालिका–१ का ४४ वर्षीय मनोज शाह र भारत मोतिहारीका १८ वर्षीय खुसीलाल यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सामान्य घाइते भएका अन्यको भने टाँडीको बकुल्लर सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

चितवन

संम्बधित खबर

विशेष