News

सुदूरपश्चिममा हिमपात, बाटो अवरुद्ध

सुदूरपश्चिममा हिमपात, बाटो अवरुद्ध

बैतडीः शुक्रबार विहानैदेखि बैतडीका अधिकाशं ठाउँमा हिमपात सुरु भएको छ । हिमपातले बैतडी–बझाङको यातायात अवरुद्ध भएको छ । शुक्रबार बिहान बैतडीको खोड्पे, दुदिलाखान, श्रीभावर र अनारीखोलीमा बाक्लो हिमपात सुरु भएको छ । हिमपातका कारण बैतडीको खोड्पेबाट बझाङ जाने यातायातका साधन ठप्प भएको उग्रतारा यातायात प्रलिका कोषाध्यक्ष हरिशकिरण बिष्टले जानकारी दिए । 

‘शुक्रबार विहान ८ः०० बजेदेखि खोड्पेमा बाक्लो हिमपात सुरु भएको छ । एक फिट जति हिँउ परेको छ । यातायात चल्न सकेको छैनन् । लामो तथा छोटो दूरीका सवारी साधन चल्न नक्दा यात्रुहरु खोड्पेमै रोकिएका छन् । चिसो निकै बढेको छ’ बिष्टले भने । 

हिमपात, वर्षा र पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात अबरुद्ध भएमा बाटो सुचारु गर्न बैतडीको अनारखोली पठाईएको यान्त्रिक कार्यालय एक वर्ष बितिसक्दा पनि बैतडी पुग्न सकेको छैन ।

संघीय सरकारले एक वर्ष अघिनै बैतडीको अनारखोलीमा स्थापना गर्न पठाएको यान्त्रिक कार्यालय अहिलेसम्म बैतडी पुग्न नसकेको यातायात व्यवसायीले बताएका छन् । संघीय सरकारले डोटीको बुडमा रहेको यान्त्रिक कार्यालय बैतडीको अनारखोली पठाउने निर्णय गरेर परिपत्र गरे पनि उक्त कार्यालय एक वर्षसम्म बाटोमै अलपत्र परेको छ । 

बैतडी सुदूरपश्चिम हिमपात

विशेष