विदेश

जोनसन फेरि प्रधानमन्त्रीमा फर्कने 

जोनसन फेरि प्रधानमन्त्रीमा फर्कने 

एजेन्सी । बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । विहीबार भएको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले संसदमा स्पष्ट बहुमत ल्याएको हो । केही स्थानको मतगणना जारी भएपनि जोनजनको पार्टीले बहुमत सिट हासिल गरिसकेको छ ।

कन्जर्भेटिभ पार्टीले बहुमत पाएसँगै जोनसन नै बेलायती प्रधानमन्त्रीको रुपमा डाउनिङ स्ट्रीट फर्कने निश्चित भएको छ । जोनसन पहिले पत्रकार थिए । पछि उनी कन्जर्भेटिभ पार्टीका नेता भएका हुन् ।

उनी सन् २००७ मा लण्डन शहरको नगरप्रमुख निर्वाचित भएका थिए । केही समयअघि उनी टेरिजा मेलाई विस्थापित भएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । निर्वाचनमा मतदाताले जोनसनको ब्रेक्जिट सम्वन्धी तिनीलाई अनुमोदन गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

विशेष