गृहमन्त्रीले गरे प्रहरीको प्रशंसा  

गृहमन्त्रीले गरे प्रहरीको प्रशंसा  

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)लाई छिन्नभिन्न पारेको भन्दै प्रहरीको प्रशंसा गरेका छन् । प्रहरीसँगै सुरक्षा निकायको सक्रियताका कारण विप्लव समूह छिन्नभिन्न भएको गृहमन्त्री बादलको विश्लेषण छ ।

शुक्रबार काठमाडौंमा आयोजित नयाँ ब्याजका प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले विप्लव समूह अब छिन्नभिन्न भइसकेको घोषणा समेत गरे ।

‘शान्ति सुरक्षामा खलल पुर्‍याउने समूहविरुद्ध प्रहरी र सुरक्षा निकायको कारबाहीले प्राप्त गरेको सफलताबाट त्यो समूहका गतिविधि छिन्नभिन्न भएको छ,’ गृहमन्त्री बादलले विप्लव समूहको नामै नलिइ भने ।

गृहमन्त्री थापाले अझै पनि केही आपराधिक, विखण्डकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरु सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुर्‍याउन सक्रिय रहेको उल्लेख गर्दै त्यस्ता समूहको सुक्ष्म विश्लेष गरी योजनाबद्ध रुपमा कारबाहीमा उत्रिन पनि प्रहरीलाई निर्देशन दिए ।

गृहमन्त्री थापाले पछिल्लो समय प्रहरीको काम प्रशंसनीय भएको उल्लेख समेत गरे । 

संम्बधित खबर

विशेष