News

मदन भण्डारी मेमोरियल कलेजको पिकनिक गईरहेको बस दुर्घटना, २३ बिद्यार्थी घाइते

मदन भण्डारी मेमोरियल कलेजको पिकनिक गईरहेको बस दुर्घटना, २३ बिद्यार्थी घाइते

भक्तपुर। मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना भएको छ।

शुक्रबार बिहान पिकनिका लागि घ्याम्पे डाडाँमा गइरहेको बा ५ ख ४२८६ नम्बरको बस सूर्यविनायकमा दुर्घटना भएको हो।

४६ बिद्यार्थी सवार बस दुर्घटनामा परि २३ बिद्यार्थी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।  

घाइते बिद्यार्थीहरुको इवामोरा अस्पतालमा उपचार भइरहेको कलेजका प्रधानाध्यापक डम्बर हमालले जनाएका छन ।  

बसमा स्नातक तेस्रो वर्ष अध्ययनरत विद्यार्थी धेरै रहेको हमालले बताए।

बस दुर्घटना

विशेष