News

‘निलो बर्दीमा कुनै प्रकारको दाग लगाउनहुन्न’

‘निलो बर्दीमा कुनै प्रकारको दाग लगाउनहुन्न’

काठमाडौंः प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीको निलो बर्दीमा कोही कसैले कुनै प्रकारको दाग लगाउने प्रयास गरेमात्रै सैह्य नहुने बताएका छन् । प्रहरी तालिम केन्द्र महाराजगञ्जमा शुक्रबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९ को दिक्षान्त समारोहलाई सम्बोधन गर्दै खनालले भने, ‘प्रहरी पेसा मात्र होइन सेवा पनि हो । त्यसैले बर्दीमा दाग लगाए त्यो सैह्य हुन्न ।’

‘राष्ट्रले सुम्पिएका जुनसुकै जिम्मेवारीलाई प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको छ,’ आईजीपी खनालले भने, ‘यस्तो गौरवमय सङ्गठनको सदस्य हुन पाउनु आफैमा सम्मानको विषय हो ।’ आईजीपी खनालले भने, ‘राष्ट्रको सिन्दुर शिरमा पहिरिएर मातृभूमिको माटो छोएर लिएको सपथ राष्ट्रहितको लागि हो । यो देशका नागरिकको सेवाको लागि हो ।’ 

मातृभूमिको माटो छोएर लिएको सपथ अनैतिक कार्य गर्ने र गैरव्यवसाय आचरणविरुद्ध उभिने आत्मविश्वास बनाउनुपर्ने आईजीपी खनालको भनाइ थियो । प्रहरीको इतिहास अध्ययन गरेर आगामी दिनमा अघि बढ्न समेत तालिम सकेर कार्यस्थल जान लागेका प्रहरी निरीक्षक ९इन्सपेक्टर०हरूलाई आईजीपी खनालले आग्रह गरे । 

१८ महिने लामो तालिम सकेर ९१ जना ‘पास आउट’ भएका छन् । तालिममा प्रहरी निरीक्षक किरण राउत प्रथम भए । अनिल थापा द्वितीय र सुवास खतिवडा तेस्रो भउका छन् ।  

सर्वेन्द्र खनाल नेपाल प्रहरी निलो बर्दी

विशेष