News

कालिकोटमा हिमपात, किसान खुसी

कालिकोटमा हिमपात, किसान खुसी

कालिकोटः साउनयता बर्षाद नभएर समस्यामा परेका कालिकोटका किसानहरु शुक्रबारबाट भने निक्कै खुसी देखिएका छन् । त्यसको प्रमुख कारण भनेको शुक्रबार बिहानैदेखि बर्षा र दिउँसोको हिमपात हो । हिउँदेबाली लगाउनका लागि सिचाँई नभएका क्षेत्रका कृषक आकाशमा हेरेर बस्ने बाध्यता रहेको थियो ।

यो वर्ष गहु छर्न पाइदैन की भनेर चिन्तामा रहेका किसानहरु यतीबेला गँहु छर्ने तयारीमा समेत जुट्न थालेका छन् । बर्षाद हुन थालेसँगै पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका लगायतका जिल्लाका अधिकांश क्षेत्रका कृषकहरुले राहतको महसुस गरेका छन् । 

हिमपातले विद्यालय बन्द

कालिकोट जिल्लामा हिमपात भएको छ । बिहीबार रातिवाट परेको पानीका कारणले कालिकोटका अधिकांश बस्तीमा हिउँ परेको छ । हिमपातका कारण तिलगुफा नगरपालिका, महाँवै गाउँपालिकाका नागरिकहरु प्रभावित भएका छन् । हिमपातका कारणले चिसो वढेपछि तिलागुफा नगरपालिका भित्रका स्वास्थ्य संस्था वाहेक अरु सबै सेवा बन्द भएका छन् ।

कालिकोट किसान हिमपात

विशेष