काठमाडौंका प्रथम जननिर्वाचित मेयरको निधन
काठमाडौं – काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको निधन भएको छ । उनको आज बिहान ७ बजे निधन भएको हो ।उनकी बुहारी रीना श्रेष्ठका अनुसार श्रेष्ठ विगत १ वर्षदेखि लिभर क्यान्सरको समस्यासँग जुधिरहेका थिए । उनी घरमै बसेर उपचार गराइरहेका थिए । गत ८ मंसिरमा ९३ वर्षमा प्रवेश गरेका श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि जनतामा जनमैत्री प्रशासन र आफ्नै आँगनमा बलियो सरकारको अपेक्षा थियो । तर, यसका लागि आवश्यक संरचना ज्ञान भने थिएन । २००८ सालमा काठमाडौं नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो । यही ऐनका आधारमा १० भदौ, २०१० मा नगरपालिकाको चुनाव सम्पन्न भयो ।
त्यसबेला सभापति र उपसभापतिको छुट्टै उम्मेदवारी हुँदैनथ्यो । पहिले सबै वडाबाट सदस्य निर्वाचित हुन्थे । तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानुन थियो ।
त्यसैबमोजिम जनकमानले वडा २ बाट उम्मेदवारी दिएका थिए । उनका प्रतिस्पर्धीका रूपमा लगन टोल समितिका कांग्रेसबाट दामोदर शर्मा, ब्रह्म टोलबाट तुलसीबहादुर बास्तोला ९पाटन हाईस्कुलका शिक्षक०, इनाखा टोलमा रत्नमान सुब्बा ९मिल्ट्रीका ग्राजुएट अफिसर०को सम्भावना थियो । तर, तीमध्ये तुलसीबहादुर र रत्नमानले उनकै समर्थन गरे ।
दामोदर शर्माले उम्मेदवारी दिए । यीबाहेक प्रजा परिषद्का कनकबहादुर जोशीको पनि उम्मेदवारी पर्यो । त्यस निर्वाचनमा वडा २ ९हालको वडा १२ र २१० मा ४ वटा मतदान केन्द्र थिए भने हरेक केन्द्रमा ३र३ वटा मतपेटिका थिए । हरेक उम्मेदवारका लागि एक पतपेटिका ९आफूले जुन उम्मेदवार चुन्नुपर्ने हो उसैको पेटिकामा मत दिनुपर्ने० थिए ।