News

गैह्रकानुनी रुपमा ल्हो मन्थाङमा किन आउँछन् चिनियाहरु ?

गैह्रकानुनी रुपमा ल्हो मन्थाङमा किन आउँछन् चिनियाहरु ?

मुस्ताङ । मुस्ताङको ल्हो मन्थाङमा चिनिया सुरक्षा अधिकारीहरु गैह्रकानूनी रुपमा प्रवेश गर्ने गरेको पाइएको छ । ल्हो मन्थाङको तिब्बतसँगको सीमा क्षेत्रका तत्कालीन ५ गाउँ विकास समितिमा तीन वर्ष अघि चिनले २४० किलोवाटको सौर्य ऊर्जा जडान गरेको थियो ।

सौर्य ऊर्जाको मर्मतसम्भार तथा अवलोकनका लागि भन्दै सीमा क्षेत्रबाट ३५ किलोमिटर भित्रसम्म चिनिया आर्मी गैह्रकानुनी रुपमा प्रवेश गर्ने गरेको पाइएको हो । कहिलेकाँही गाडीसहित उनीहरु प्रवेश गर्ने गरेको स्थानीयबासी बताउँछन् ।

सरकारले माथिल्लो मुस्ताङ क्षेत्रमा प्रवेशका लागि ५ सय डलर शुल्क राखेको छ तर चिनिया अधिकारीहरु भने विना इजाजत रकमसमेत नदिइकन प्रवेश गर्ने गरेको पाइएको हो । 

दुतावासहरुको चासो 

माथिल्लो मुस्ताङ अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चासोको विषय बन्ने गरेको छ । दश वर्ष अघि अमेरीकाको हिमालय फाउण्डेशनले माइक्रो हाइड्रो परियोजना सञ्चालन गरेको थियो । तर परियोजना सफल हुन सकेन ।

अमेरीकी दुतावासमात्र होइन भारतीय दुतावासले पनि ल्होमन्थाङका ५ गाविसबासीका लागि विभिन्न परियोजना सञ्चालन गरेका छन् । ती दुतावासका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा खर्च हुने गरेको छ ।

दुतावासका अधिकारीले भने चिनले भारत र अमेरीकी दुतावासका कार्यक्रम हेर्न अधिकारी खटाएको जनाए । एक अधिकारी भन्छन्–‘चीनले कोराला नाकामा क्लोज सर्किट क्यामेरा जडान गरेको छ । ’
 

नेपाल जानकार छैन त ?

चिनियाहरुको गैह्रकानुनी नेपाल आगमनबारे नेपालस्थित अधिकारीहरु पनि जानकार छन् । चिनिया सुरक्षा अधिकारी र नागरिकहरु ल्हो मन्थाङ क्षेत्रमा गैह्रकानुनी रुपमा भ्रमण गर्ने गरेको नभई सौर्य ऊर्जाको मर्मत/व्यवस्थापन तथा प्रशासनिक समन्वयका लागि आएको नेपाली अधिकारीहरुको भनाइ छ । 

सशस्त्रको बोर्ड पोष्ट स्थापना गर्दै 

कोरला नाकामा सशस्त्र प्रहरीले बोर्डर पोष्ट स्थापना गर्ने भएको छ ।  ल्हो मन्थाङ क्षेत्रको १ नम्बर वडामा सीमा सुरक्षा पोष्ट राखिएपछि चिनिया सुरक्षाकर्मीको गैह्रकानुनी आगमन रोकिने विश्वास गरिएको छ । 

विशेष