प्रधानमन्त्रीले दिए बोरिस जोनसनलाई बधाइ 

प्रधानमन्त्रीले दिए बोरिस जोनसनलाई बधाइ 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको आम निर्वाचनमा भारी बहुमतका साथ विजयी बोरिस जोनसन र उनको कन्जर्भेटिभ पार्टीलाई बधाई दिएका छन् ।

शनिबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमार्फत ओलीले बधाई ज्ञापन गरेका हुन् । बोरिसको नेतृत्वमा बन्ने बेलायतको नयाँ सरकारसँग नजिकबाट काम गर्न आफू उत्सुक रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

बेलायतमा विहीबार सम्पन्न चुनावमा सत्तारुढ कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको थियो । यससँगै जोनसन प्रधानमन्त्रीमा फर्कने भएका छन् । 

संम्बधित खबर

विशेष