News

लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई संसद समितिको निर्देशन

लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई संसद समितिको निर्देशन

काठमाडौँ। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली भूमि जोगाउन सरकारलाई पाँचबुँदे निर्देशन दिएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको हो । साथै, कालापानीमा बसेको भारतीय सेना फिर्ता पठाउन भारतसँग आवश्यक छलफल गर्न पनि समितिले निर्देशन दिएको छ । 

लिम्पियाधुरालगायतका भारतीय अतिक्रमणमा परेका नेपाली भूभागमा नेपालको सार्वभौमिक अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्नुपर्नेसमेत सरकारलाई निर्देशन छ । नेपाली भूमिको रक्षा गर्न समितिले गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, परराष्ट्र मन्त्रालयलाई आवश्यक कदम चाल्न सचेत पनि गराएको छ । 

‘नेपाल भूमिको रक्षा तथा नेपाली नागरिकको सुरक्षा गर्न दार्चुलाको कालापानीसमेतको क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरूलाई सहज रूपमा आवतजावत गर्न बाटो र अन्य सेवा सुविधाको उपयुक्त व्यवस्था गर्नु,’ समितिको निर्देशनमा भनिएको छ । 

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा किरण दाहालले लेखेका छन।  

विशेष