News

विप्लव समूहको दादागिरी, व्यवसायी तथा सरकारी निकायसँग धमाधम चन्दा असुल्दै

विप्लव समूहको दादागिरी, व्यवसायी तथा सरकारी निकायसँग धमाधम चन्दा असुल्दै

काठमाडौँ। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले व्यवसायी तथा सरकारी निकायसँग चन्दा असुली गर्ने क्रमलाई तीव्रता दिएको छ । विप्लव समूहले सरकारी कर्मचारी, कार्यालय प्रमुख, निर्माण व्यवसायी, शिक्षक, व्यापारीसँग चन्दा लिने क्रमलाई तीव्रता दिएको हो ।

विप्लवले खुलेआम चन्दा लिने कार्यलाई तीव्रता दिए पनि सरकार भने त्यसलाई रोक्न कमजोर देखिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेल सरकारी तथा निजी सम्पत्तिमाथि भौतिक क्षति पु¥याउने व्यक्ति तथा समूहमाथि गम्भीर रूपमा निगरानी भइरहेको बताउँछन् । ‘हामीले यस्ता प्रकृतिका गतिविधि गर्नेमाथि गम्भीर रूपले नियालिरहेका छौं, त्यस्ता व्यक्ति र समूहको खोजीमा नेपाल प्रहरी लागिरहेको छ, पक्राउ पर्ना साथ घटनाको प्रकृतिअनुसार कारबाही गछौं,’ उनले राजधानीसँग भने ।

सरकारी कार्यालय प्रमुख र निर्माण व्यवसायी भने डर र धम्कीका कारण नियमित रूपमा चन्दा दिन बाध्य भइरहेको पाइएको छ । विप्लव समूहले कुनै पनि निर्माण आयोजनाबाट २ प्रतिशत रकम माग गर्दै आएको छ भने शिक्षक तथा सरकारी कर्मचारीमाथि महिनाको दुई दिनको तलब लिने गरेको पाइएको छ। 

यो समाचार राजधानी दैनिकबाट लिइएको हो।  

 

बिप्लव

विशेष