News

पूर्वी पहाडी क्षेत्रमा भारी हिमपात, सडक अवरुद्ध

पूर्वी पहाडी क्षेत्रमा भारी हिमपात, सडक अवरुद्ध

सुनसरी । पूर्वी पहाडी उच्च क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातकै कारण सडक अवरुद्ध भएको छ । मौसममा आएको बदलीसँगै शुक्रबारदेखि पूर्वी पहाडी जिल्ला संखुवासभाको गुफापोखरी, मंगबारे, चौकी र तेह्रथुम तथा संखुवासभाको संगम स्थल तीनजुरे क्षेत्रमा हिमपात भएको छ ।

उता संखुवासभाको गुफापोखरीमा भारी हिमपात भइरहेको स्थानीय मन्जु खनालले जानकारी दिएकी छन् । उनका अनुसार हिमपातकै कारण गुफापोखरी जाने सडक अवरुद्ध भएको छ । धरानबाट ताप्लेजुङको साँघु पुगेर फर्किँदै गरेको यात्रुवाहाक बस गुफापोखरीमा रोकिएको छ । सडक हिउले पुरै पुरिएपछि सवारी साधन चल्न सकेका छैनन् ।

यसैगरी ताप्लेजुङ, पाँचथर, इलाम लगायतका जिल्लाका उच्च स्थानमा हिमपात भइरहेको छ । हिजो साँझदेखि त्यस क्षेत्रका आधिकांस भूभागमा हल्का पानी परीरहेको छ भने उच्च पहाडी भेगमा हिमपात भइरहेको छ । सो क्षेत्रमा अहिले सामान्य हावासँगै सिमसिम पानी परिरहेको छ ।

 

हिमपात

विशेष