News

प्यूठान नगरपालिका–२ मा नेकपाका पोख्रेल विजयी 

प्यूठान नगरपालिका–२ मा नेकपाका पोख्रेल विजयी 

प्युठानः जिल्लाको प्युठान नगरपालिका–२ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का उम्मेदवार मुक्ती पोख्रेल निर्वाचित भएका छन् । नेकपा र नेपाली कांग्रेसको प्रतिस्पर्धा रहेको यस वडामा कांग्रेसका उमेद्वार मोहन सिंह बिष्टलाई २ सय ८४ मतको अन्तरमा हराउदैँ नेकपाका पोख्रेल विजयी भएका हुन् ।

पोख्रेलले एक हजार एक सय २७ मत प्राप्त गरेका छने  भने प्रतिद्वन्दी बिष्टले आठ सय ४३ मत प्राप्त गरेका छन्  । यस वडामा २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एंव जिल्ला बिष्णु प्रसाद गौतमले जानकारी दिए । 

दुई जनाको उमेद्वारी परेको यस वडामा  तीन हजार २१ मतदाता रहेका थिए । जसमा एक  हजार नौ  सय ९५ जनाले मात्र मतदान गरेका थिए । यस वडामा राजमोले पोख्रेललाई साथ दिएको थियो ।  वडा अध्यक्ष खिम बहादुर बिष्टको निधन भएपछि यस वडामा उपनिर्वाचन भएको हो । 

उपनिर्वाचन प्युठान नगरपालिका

विशेष