News

नेपाली सेना सवार बस कावासोतीमा दुर्घटना, १७ जना घाइते

नेपाली सेना सवार बस कावासोतीमा दुर्घटना, १७ जना घाइते

नवलपरासी।  पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही छन् ।

उनीहरुलाई थप उपचारका लागि चितवन ल्याइएको छ । अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटना

विशेष