News

हिमपात र बर्षाका कारण मुलुकभर चिसो बढ्यो

हिमपात र बर्षाका कारण मुलुकभर चिसो बढ्यो

काठमाडौँ। देशका विभिन्न स्थानमा परेको हिमपात र बर्षाका कारण मुलुकभर चिसो बढेको छ । मुलुकभरिको मौसममा आइतबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारबाट नै मौसमको अहिलेको अवस्थामा सुधार आए पनि आइतबारदेखि पूर्णरूपमा नै सुधार आउने जानकारी महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । मौसमी प्रभाव (सिजनल इफेक्ट) तथा पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसो बादल लाग्दा केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढ्दै गएको छ ।

तराई तथा पूर्वी पहाडी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार आए पनि मुलुकको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना अझै केही दिन कायम नै रहने उहाँले स्पष्ट पार्नुभयो ।“पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले विशेषगरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका स्थानहरूमा सतर्कता अपनाउनुहुन अनुरोध गरिन्छ ।”उहाँले बताउनु भयो।  


 

चिसो बढ्यो

विशेष