News

सुख्खा पहिरोको कारण बेनी जोमसोम सडक अवरुद्ध

सुख्खा पहिरोको कारण बेनी जोमसोम सडक अवरुद्ध

बेनी।  मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक शनिबार बिहानैदेखि अवरुद्ध भएको छ। शुक्रबार राती म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने गुइठेभिरमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो। 

पहिरो पन्छाउन बेनी-जोमसोम-कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए। ‘पहिलो ठूलो खसेकाले सडक खुलाउन उपकरण परिचालन गरेपनि दिनभर लाग्ने अनुमान छ,’ उनले भने। देशका विभिन्न ठाउँबाट बेनी हुदै मुस्ताङ जान हिडेका र मुस्ताङ हुदै बेनी तर्फ छुटेका सवारी साधनहरु बिच बाटोमै रोकीएका छन्। 

यसैगरी सडकमा हिउँ जमेपछि मुस्ताङको यातायात सेवा पनि प्रभावित भएको छ। जोमसोम हुँदै उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा अवरुद्ध भएको छ।

जोमसोमदेखि घाँसा र मुक्तिनाथ जोड्ने सडकमा भने हिउँ पन्छाएर सवारी सञ्चालन गरिएको छ। 

सुख्खा पहिरो सडक अवरुद्ध

विशेष